जोडिनुहोस
  • होमपेज
  • काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौं। काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसबाट पनि मुनि झरेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज (बिहीबार) बिहान ५ः४५ बजेको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियसमा झरेको हो।

हिजो (बुधबार) उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो। त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम मौसम महाशाखाले आहिले बिहान ८ः४५ बजे सार्वजनिक गर्नेछ। त्यतिबेला काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम अहिलेभन्दा अझ थोरै घट्न पनि सक्छ।

‘तर मौसमको अवस्था हेर्दा खासै परिवर्तन हुने देखिन्न,’ मौसमविद् लामिछानेले भने। उनका अनुसार अहिले बिहान काठमाडौं उपत्यकाका केही स्थानमा हल्का हुस्सु लागिरहेको छ।

दिउँसो आकाशमा थोरै बादल आउने सम्भावना रहे पनि आज उपत्यकामा पानी पर्ने सम्भावना भने नदेखिएको मौसमविद् लामिछानेको भनाइ छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका