काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै नयाँ भनेर आएको दलको टाउँकोमै समस्या रहेको टिप्पणी गरेका छन् ।
कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस, एमाल, माओवादीभित्र पनि समस्या रहेको बताए । उनले भने, ‘मेरै पार्टीभित्र समस्या छ, एमाले र माओवादीमा समस्या छ । समस्या सबै दलहरुभित्र छ । नयाँ भनेर आएको दलको त झन् माथि टाउकोमै समस्या रहेछ । जताततै छ । त्यसैले हामीले पहिला आफ्नो घरभित्रकोृृ फोहोर सफा गर्नुछ ।’
उनले माओवादीले काम न काजले १० वर्ष बन्दुक बोकेर देशको दश वर्ष खेर फ्याँलेको टिप्पणी गरे । उनले भने, ‘अहिले केटाहरु कतार काम गर्न गएका छन्, बहिनीहरु इजरायल काम गर्न गएका छन् । कतार र इजरायल काम गर्न गएकाहरु मुठ्ठी कसेर मात्रै फिर्ता आउँदैनन्। भनेर मात्रै आउँदैनन् । कतारमा पाएको भन्दा बढी तलब पाउने बनाउनुपर्छ हामीले यहाँ । म सक्छु भन्ने ठान्छु । म भनेको कांग्रेस हामीले सक्छौं भन्ने ठानेका छौं । सकिन्छ, यहीँ बसेका केटाकेटीलाई महिनाको तीन चार लाख कमाउने बनाउन सकिन्छ । यसको अवसर ल्याएको छ । सूचना प्रविधिको अवसरलाई हामीले सदूपयोग गर्नसक्नुपर्छ ।’