काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहाइको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।
शुक्रवार दिउँसो माइतीघरमा रास्वपा कार्यकर्ता तथा लामिछानेका समर्थकहरूले उनको रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘रवि दाइलाई रिहा गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’ भन्दै प्लेकार्ड सहित नारा लगाएका छन् ।
सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछानेलाई अनुसन्धानका लागि काठमाडौँ ल्याइएको छ । अहिले सरकारी वकिलको कार्यालय काठमाडौंमा उनको बयान चलिरहेको छ ।