काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन् । तीन दिने चीन भ्रमणका लागि प्रधानमन्त्री सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चीन प्रस्थान गरेका हुन् ।
चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र मुख्यसचिव लगायत उच्च पदस्थ कर्मचारीहरूले बिदाइ गरेका छन् ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीलाई मङ्सिर १८ गते चिनियाँ समकक्षी छ्याङले स्वागत गर्नुहुने कार्यक्रम छ । त्यसपछि दुई पक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ । मङ्सिर १८ गते नै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनफङसँग भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ ।