जोडिनुहोस
  • होमपेज
  • रवि, छवि र दुर्गाको पक्षमा बोले कमल थापा

रवि, छवि र दुर्गाको पक्षमा बोले कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले रास्वपाका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र व्यवसायी दुर्गा प्रसाईँलाई सरकारले अनावश्यक तनाव दिने काम गरेको बताएका छन् । आरोप थप्दै लाने र एक प्रकारले मानसिक तनाव दिने कामबाट सरकारको नियत माथि प्रश्न खडा भएको उनको भनाइ छ । ‘रवि, छवि, दुर्गा प्रहरी अनुसन्धानमा छन् । निर्दोष वा दोषी फैसला अदालत र कानुनले गर्छ । मेरो कुनै टिप्पणी छैन।अपराधीले उन्मुक्ति पाउनु हुँदै’, उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘तर, अनावश्यक ढङ्गबाट अनुसन्धान लम्ब्याउने, नयाँ नयाँ आरोप थप्दै लाने र एक प्रकारले मानसिक तनाव दिने कामबाट सरकारको नियत माथि प्रश्न खडा भएको छ ।’

उनले तिनै जनामाथि शीघ्र अनुसन्धान टुङ्गाइ अदालतमा बुझाउन आग्रह गरेका छन् । रवि र छवि सहकारी ठगीसम्बन्धी अनुसन्धानमा छन् भने प्रसाईंलाई फर्जी डकुमेन्ट सार्वजनिक गरेर साइबर अपराध गरेको आरोप लगाइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका