जोडिनुहोस
  • होमपेज
  • संसद अधिवेशनको लागि सांसदहरु नै तयार देखिनुहुन्नः सभामुख घिमिरे

संसद अधिवेशनको लागि सांसदहरु नै तयार देखिनुहुन्नः सभामुख घिमिरे

काठमाडौं। सभामुख देवराज घिमिरेले सरकारले आफ्नो आवश्यकतालाई हेरेर मात्रै कानूनमाथि छलफल गर्ने परिस्थितिको अन्त्य गर्न आवश्यक रहेको बताएका छन् ।

मंगलवार ललितपुरमा भएको सभामुखसहित समिति सभापतिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

उनले संसद कानून बनाउने थलो भएपनि वर्तमान संसदले कानून बनाउन नसकेको स्वीकार गरे । उनले संसदमा कानून ल्याउँदा सरकारले आफ्नो आवश्यकता,अध्ययन,बुझाईबाट ल्याउने र त्यही आधारमा संसदमा छलफल गर्ने स्थिति रहेको भन्दै त्यसलाई अन्त्य गर्न जरुरी रहेको उल्लेख गरे ।

उनले सरकारले कानून उत्पत्ति गर्दै सांसदहरुको सहभागिता बनाउने प्रवन्ध गर्न आवश्यक रहेको बताए । उनले आगामी संसद अधिवेशन कहिले बोलाउने भन्ने विषय संसदहरुको भुमिकामा निर्भर हुने बताए ।

उनले अहिले सांसदहरु नै संसद अधिवेशनको लागि तयार नदेखिएको बताए । उनले समितिहरुले संसदमा पेस भएका विधेयकहरुलाई फुल हाउसमा लैजाने गरी तयारी गरी संसद अधिवेशन छिटो बोलाउन दबाब दिन सक्नुपर्ने बताए ।

उनले भने– ‘संसद कानून बनाउने ठाउँ हो तर कानून बनाउन हामी ढिलै भएका छौं । सरकारकोतर्फबाट कानून मन्त्रीले धेरै महत्वपूर्ण कुराहरु राख्नुभएको छ । विभिन्न तथ्य तथ्याङ्क र अब गर्ने कुरा राख्नुभएको छ तर एउटा नमिलेको कुरा छ । संसदमा कानून ल्याउँदा आफ्नो आवश्यकता,अध्ययन,बुझाईबाट ल्याउने र त्यही आधारमा संसदमा छलफल गर्ने मात्रै स्थितिलाई अन्त्य गर्न जरुरी छ । कानून उत्पत्ति गर्दै सांसदहरुको संग्लनता कसरी गर्ने हाम्रोमा प्रवन्ध भएको छैन । कानून आयोग छ । कानून आयोगलाई कानूनी अध्ययन गर्ने,संशोधन र नयाँ कानून बनाउने जिम्मा दिएको छ । त्यहाँ बजेटको अभाव भन्नेकुरा छ । कानून आयोगले पनि संसदहरुसँग समन्वय गरेर काम गर्ने प्रवन्ध गरिनुपर्छ । आगामी संसद अधिवेशन कहिले बोलाउने भन्ने विषयमा पनि संसदहरुको भुमिकामा निर्भर हुन्छ र हुनुपर्छ । तर सांसदहरु नै त्यो तयार छैनौं । संसदमा पेस भएका विधेयकहरुलाई फुल हाउसमा लैजाने गरी तयारी गरी संसद अधिवेशन छिटो बोलाउन दबाब दिनसक्छौं । सरकारले बोलाउनु पनि हुन्छ ।’

उनले संसदको गरिमा उच्च रहेको र सांसदको भुमिका महत्वपूर्ण रहेको भन्दै सांसदहरुले संसदलाई कम ठानेर नलाग्न संसदहरुलाई आग्रह गरे । उनले सांसदहरुले आफ्नो उचाईबाट सरकारलाई हेर्न सक्नुपर्ने बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका