जोडिनुहोस
  • होमपेज
  • एनआरएनएलाई आवाज बिहिनहरुको आवाज बोल्ने र सुन्ने ठाउँको रुपमा स्थापित गरिने छः अध्यक्ष दीपा काफ्ले

एनआरएनएलाई आवाज बिहिनहरुको आवाज बोल्ने र सुन्ने ठाउँको रुपमा स्थापित गरिने छः अध्यक्ष दीपा काफ्ले

लिस्बोन पोर्चुगल। गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको अध्यक्ष दीपा काफ्लेले संघलाई आवाज बिहिनहरुको बोल्ने र सुन्ने ठाउँको रुपमा स्थापित गर्ने बताएकी छन् ।

राजधानी लिस्बोनको एन्जसमा आयोजित घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष काफ्लेले पोर्चुगल आउने आम सर्वसाधारणहरुको हरेक दुख भोगाईसँग नजिकबाट परिचित रहेको बताउँदै आगामी दिनमा कुनै प्रकारको गुनासोमा पनि सहयोग गर्ने बताएकी हुन् ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै संघका सस्थापक अध्यक्ष पुर्ण बहादुर हमालले समाजमा चर्पस्ट हुने गरि बदनामी र बेइज्जत सुन्न पनि अप्ठ्यारो भएकाले संस्थामा हस्तक्षेपनै गर्नु परेको बताए ।

बिगतमा गरिएको सहमती कार्यान्वयन गर्नै आनाकानी गरे पछि अहिलेको अबस्था सृजना भएको उनको भनाई थियो । उनले आगामी दिनमा भुइ मान्छेहरुको समस्यामा डटेर लाग्न अध्यक्ष दीपा काफ्लेलाई सुझाए ।

कार्यक्रममा पुर्ब अध्यक्षहरु लक्ष्मी प्रसाद सापकोटा, तिलक गैरे, रमेश गुरुङ्ग र रबिन क्षेत्री अधिकरिले पनि अब दीपा काफ्ले नेतृत्वको संघ नै आधिकारिक एनआरएनए भएकोले संघलाई जुनसुकै किसिमले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

गैर आवासीय नेपाली संघ पोर्चुगलका कार्यबाहक महासचिव दिपेस बिक्रम बिस्टले सञ्चालन गरेको कार्यक्रममा उपस्थित सबैलाई उपाध्यक्ष सुजन लामाले स्वागत गरे। स्याङ्जा समाज पोर्चुगलका अध्यक्ष बिपिन अर्याल, नवलपुर समाज पोर्चुगलका अध्यक्ष प्रेम बुढापृथी , राष्ट्रिय तामाङ्ग धेदुङ्ग सघ पोर्चुगलका अध्यक्ष इमान तामाङ्ग लगाएतले सघले गर्ने हरेक रचनात्मक बिषयमा एक्यवद्धता रहने बताउँदै शुभकामना मन्तव्य राखे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका