जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ११ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • १३ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • १४ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • १६ घन्टा अगाडि
  • १६ घन्टा अगाडि
  • होमपेज
  • ऊर्जामन्त्री खड्काले गरे जमुनी सिँचाइ आयोजनाको स्थलगत निरीक्षण

ऊर्जामन्त्री खड्काले गरे जमुनी सिँचाइ आयोजनाको स्थलगत निरीक्षण

बारा। ऊर्जा तथा सिँचाइमन्त्री दीपक खड्काले जमुनी सिँचाइ आयोजनाको बिहिबार स्थलगत निरीक्षण गरेका छन् । गढीमाई मन्दिरमा दर्शनका लागि बारा पुगेका सिँचाइमन्त्री खड्का मन्दिर दर्शनपछि जमुनी सिँचाइ आयोजनाको निरीक्षण गरेका हुन्

निरीक्षणका क्रममा मन्त्री खड्काले पचरौता नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र सिम्रौनगढ नगरपालिका तथा छिमेकी जिल्ला रौतहटको सिँचाइ समस्या समाधानका लागि आदर्श कोतवाल गाउँपालिका–८ ददरङ्गवास्थित सिँचाइ आयोजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले तत्काल ठेक्का प्रक्रिया अगाडि बढाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिँदै कामको थालनीका लागि आवश्यक सहयोग गर्ने बताए।

सिँचाइबाट बारा र रौतहटका नौ हजार पाँच सय हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य लिएको पर्साको वीरगञ्जस्थित नारायणी सिँचाइ कार्यालयले जनाएको छ । विसं २०७२ माघदेखि आयोजनाको काम सुरु भएको थियो । २२ करोड ४० लाख ५१ हजार एक सय ४५ लागतमा निर्माण सुरु भएको हो ।

जमुनी सिँचाइ आयोजनामा कुल लागत एक अर्ब छ । जसमा ७० करोड बराबरको काम सम्पन्न भइसकेको र ३० करोड काम बाँकी छ ।

अर्थ मन्त्रालयबाट रकमको स्रोत सहमति हुने बित्तिकै बोलपत्र प्रक्रिया हुनेछ र बाँकी कामलाई बोलपत्रमार्फत तुरुन्तै सुरु गर्ने मन्त्री खड्काले बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs