जोडिनुहोस
  • होमपेज
  • लामिछानेमाथि ‘अमानवीय व्यवहार’ बारे छानविन सुरु, आयोगले एआईजी र डीआईजीसँग जानकारी लियो

लामिछानेमाथि ‘अमानवीय व्यवहार’ बारे छानविन सुरु, आयोगले एआईजी र डीआईजीसँग जानकारी लियो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सरकारले अमानवीय व्यवहार गरेको भन्दै परेको उजुरीमाथि राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान शुरु गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापतिमाथि सरकारले मानवअधिकारकै हनन हुनेगरी दमन र ज्यादती गरेको भन्दै उजुरी दिएको थियो । उजुरीमाथि अनुसन्धान र छानविन गर्न आयोगले आज प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई बोलाएको थियो । तर कुँवरले आफू काठमाडौं बाहिर रहेको भन्दै अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ र प्रहरी प्रवक्ता एवम् नायव महानिरीक्षक दानबहादुर कार्कीलाई पठाएका छन् ।

आयोगको कार्यालयमा पुगेर तामाङ र कार्कीले जानकारी दिए । दुवै प्रहरी अधिकारीले लामिछानेको सुरक्षाको लागि रातारात चितवनबाट पोखरा लैजानुपरेको जानकारी दिएका छन् ।

मानव अधिकार आयोगले आज प्रहरी अधिकारीसँग सामान्य बयान लिएर अनुसन्धान थालेको र आवश्यक परेमा फेरि महानिरीक्षकलाई नै बोलाउने बताएको छ । जानकारी लिने क्रममा आयोगका सदस्य मनोज दुवाडीले कानूनी शासनको प्रत्याभूतिसहित स्वच्छ पूर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्नेमा आयोगको चासो रहेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?