काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गुनासो सुन्नका लागि ‘हेल्लो स्वास्थ्य’ कल सेन्टर सञ्चालनमा ल्याएको छ।
स्वास्थ्य मन्त्रालय तथा मातहतका स्वास्थ्य संस्थाको सेवा सम्बन्धी गुनासो गर्न हेल्लो स्वास्थ्यको सुरुवात गरेको हो।
बिहान ८ बजदेखि बेलुकी ८ बजेसम्म १११५ नम्बरमा फोन गरेर गुनासो टिपाउन सकिने मन्त्रालयले जनाएको छ।
यसैगरी ह्वाट्सएप र भाइबर नम्बर ९८५१३३०५९२, मन्त्रालयको फेसबुक तथा एक्स (ट्वीटर): @mohpnep, इमेल [email protected] साथै सोझै मन्त्रालयमा वा हुलाक मार्फत मन्त्रालयमा तपाईंले आफ्नो गुनासो पठाउन सकिने पनि जनाएको छ।