जोडिनुहोस
  • होमपेज
  • आजदेखि पुस ५ गतेसम्म काठमाडौंका विभिन्न ठाउँमा दैनिक चार घन्टा विद्युत अवरूद्ध हुने

आजदेखि पुस ५ गतेसम्म काठमाडौंका विभिन्न ठाउँमा दैनिक चार घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौं। काठमाडौंका विभिन्न ठाउँमा आजदेखि आउँदो पुस ५ गतेसम्म दैनिक चार घन्टा विद्युत अवरूद्ध हुने भएको छ । विद्युत प्राधिकरणले सूचना निकालेर फरक–फरक दिनमा छुट्टाछुट्टै फिडरहरू बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सटडाउन गरिने जनाएको छ ।

प्राधिकरणका अनुसार आज कीर्तिपुरको रोपवे फिडर सट डाउन गरिनेछ । त्यसबाट बल्खु करिडोर क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ । भोलि बिहीवार मच्छेगाउँ फिडर अन्तर्गतका भत्केकपाटीदेखि राराहिल चोक क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ ।

त्यस्तै पर्सि शुक्रवार रोपवे फिडरको कीर्तिपुर रिङरोड क्षेत्र र शनिवार बाफल फिडर अन्तर्गतका स्वयम्भू क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ ।

पुस १ गते कीर्तिपुरकै रोपवे फिडर अन्तर्गतका कीर्तिपुर रिङरोड क्षेत्र र खसीबजार क्षेत्र, पुस २ गते मच्छेगाउँ फिडरअन्तर्गत राराहिल चोकदेखि ढाल्पा चोक, पुस ३ गते रोपवे फिडरकै मेत्रीनगर इशानेश्वर मन्दिर क्षेत्र, पुस ४ गते बाफल फिडरअन्तर्गत स्वयम्भू क्षेत्र र पुस ५ गते शङ्खमुलको दोभान पुल क्षेत्रमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

ती क्षेत्रमा विजुलीको तार भूमिगत गर्ने कार्यका लागि फिडर सटडाउनमा गर्न लागिएको हो । तर मौसम प्रतिकूल रहे सटडाउन नहुने प्राधिकरणले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका