
काठमाडौं। विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको हो।
विराटनगरका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बल खेल्दै ५ चौका प्रहार गरे। ओपनर लोकेश बमले २६ र निकोलस किर्टोनले १९ रन जोडे।
बसिर अहमदले २० बल खेल्दै १ छक्का मदतमा अविजित २१ रन बनाए।
पोखराका लागि बलिङम सागर ढकालले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए। रेमोन रेइफरले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए।