काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज भिड्दै छन् । टस जितेर काठमान्डुले पहिले ब्याटिङ गर्दै छ ।
जनकपुरले हिजो सुदूरपश्चिम रोयल्ससँग ७२ रनको हार बेहोरेपछि दुई खेल अगावै प्लेअफ पुग्ने अवसर गुमाएको थियो । जारी प्रतियोगितामा यो जनकपुरको पहलो हार समेत थियो । तालिकाको दोस्रो स्थानमा रहेको जनकपुरको पाँच खेलबाट आठ अंक छ । यदि आज जित हात पारे अनिल साहको टिमले प्ले अफमा स्थान सुरक्षित गर्नेछ । शीर्ष दुईमा रहने सम्भावना पनि बलियो हुनेछ ।
यता काठमाडौं गुर्खाज पनि आज गर या मरको स्थितिमा छ । किनकि शीर्ष चारमा पुग्ने सम्भावना कायमै राख्न करण केसीको टिमसँग जित हात पार्नुको विकल्प छैन । काठमाडौं आफ्नो पाँचौं खेल खेल्दै छ । चार अंक जोडेको काठमाडौं तालिकाको पाँचौं स्थानमा छ ।