जोडिनुहोस
  • होमपेज
  • मन्त्री मास्केद्धारा नुवाकोटमा दुई वटा पुलको शिल्यानाश

मन्त्री मास्केद्धारा नुवाकोटमा दुई वटा पुलको शिल्यानाश

नुवाकोट। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा र भौतिक पूर्वाधार विकास मन्त्री ई अमन कुमार मास्केले नुवाकोटमा दुई वटा पुलको शिल्यानाश गरेका छन् । आज आइतबार नुवाकोटको बेलकोटगढी, लिँखु र ककनी गाँउपालिकाको संगम स्थल समेत रहेको सुपारी खोल्ची बेलकोट गढी मोटोरेवल पुल र कटरबोटे सिन्धुरे खोला जोड्ने सडक पुलको एकैपटक शिल्यानाश भएको हो ।

पूर्वाधार विकास कार्यालय नुवाकोटद्धारा निमार्ण हुने कटरबोटे सिन्धुरे खोला पुल २०८२ साल असोज १९ गते निमार्ण सम्पन्न हुने लक्ष्य राखीएको उक्त पुल ५ करोठ ८६ लाख लागतमा बन्न लागेको हो। । उकत पुलको २५.६ मिटर लम्बाई र ८.४ मिटर चौडाई रहनेछ ।

यस्तै ८ करोड ४६ लाख भन्दा बढी लागतमा निमार्ण हुन लागेको सुपारी खोल्ची बेलकोट गढी मोटोरेवल पुल २०८२ असोज २० गते सम्पन्न गरिने लक्ष्य राखीएको छ । यो पुलको लम्बाई ४१.४ मिटर र चौडाई ८.४ मिटर हुने पूर्वाधार विकास कार्यालय नुवाकोटले जनाएको छ ।

पुल उद्घाटन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री ई अमन कुमार मास्केले पर्यटकीय महत्व एवं कृषि क्षेत्रको हव रहेको सो स्थानमा सडक निर्माणमा प्राथमिकता दिने बताए।

अधुरै रहेका पुराना बहुवर्षीय क्रमागत योजनालाई लयमा फर्काउनुका साथै सात रणनीतिक महत्वका सडक र पुलको स्तरोन्नति गर्दै सम्बृदी र विकाशको सम्वाहक सडकलाई मन्त्रालयले विषेश प्राथमिकतामा राखी काम गर्दे आएको मन्त्रि ईन्जिनियर मास्केले बताए।

यस्तै भौतिक पूर्वाधार विकास मन्त्री ई अमन कुमार मास्केले रसुवामा पूर्वाधार विकास कार्यालय रसुवाको कार्यालय उद्घाटन गरेका थिइ भने गोसाईकुण्ड गाँउपालिका द्वारा स्याफ्रुवेसीमा आयोजना गरिएको ‘पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’ को समापन समारोहमा पुरस्कार वितरण गरेका थिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help