जोडिनुहोस
  • होमपेज
  • गोरखा नगरपालिकामा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’का सेवा

गोरखा नगरपालिकामा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’का सेवा

गोरखा। गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’का लागि विभिन्न सेवा निःशुल्करुपमा उपलब्ध गराएको छ । सो सेवाअन्तर्गत गर्भवतीलाई सुत्केरी हुन अस्पताल ल्याउनेदेखि अत्येष्टिका लागि आवश्यक सहयोग रहेका छन् ।

‘गर्भवतीलाई नवजात शिशु जन्माउन निःशुल्क अस्पताल पु¥याइदिने र सुत्केरी भएपछि घरसम्म ल्याइदिने काम नगरपालिकाले गर्दै आएको छ’, नगरप्रमुख कृष्णबहादुर रानामगरले भने, ‘नगरवासीको निधन भएमा अन्त्येष्टिका लागि घाटमा आवश्यक पर्ने दाउरासम्म पनि नगरपालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।’

नगरपालिकाले गोरखा अस्पतालको विभिन्न सेवासहित आयुर्वेदिक तथा आँखाको उपचार निःशुल्करुपमा गर्नसक्ने व्यवस्था मिलाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका