जोडिनुहोस
  • होमपेज
  • महिला कर्मचारीलाई तलबसहित ९८ दिन सुत्केरी बिदा दिन स्वास्थ्य मन्त्रालयको अनुरोध

महिला कर्मचारीलाई तलबसहित ९८ दिन सुत्केरी बिदा दिन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं। स्वास्थ्य मन्त्रालयले सरकारी, निजी तथा गैरसरकारी संस्थामा काम गर्ने महिला कर्मचारीलाई कानुनमा व्यवस्था भए बमोजिम तलबसहितको ९८ दिन सुत्केरी बिदा दिन अनुरोध गरेको छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सुत्केरी महिलालाई महिला कर्मचारीलाई सुत्केरी हुनु अघि वा पछि कम्तीमा अन्ठानब्बे (९८) दिनसम्मको तलब सहितको बिदा व्यवस्था गरेको भन्दै स्वास्थ्य मन्त्रालयले बिदा दिन अनुरोध गरेको हो ।

’सरकारी, निजी तथा गैरसरकारी संघ ÷ संस्थामा कार्यरत महिलाहरूलाई नियमानुसार पाउनुपर्ने प्रसूति विदा नदिएको गुनासो आउने गरेको सम्बन्धमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ ले विभिन्न निजी, सरकारी गैरसरकारी संघ संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनु अघि वा पछि कम्तीमा अन्ठानब्बे (९८) दिनसम्मको तलब सहितको प्रसूति विदा पाउने व्यवस्था रहेकोले सो अनुसार सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत महिला कर्मचारीहरूलाई सुत्केरी विदा उपलब्ध गर्नु गराउनुहुन सम्बन्धित सबैलाई अनुरोध छ,’ स्वास्थ्य मन्त्रालयद्वार जारी विज्ञप्तिमा लेखिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका