जोडिनुहोस
  • होमपेज
  • विद्युत् अनुमतिपत्र होल्ड र बिक्री गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ ; जनार्दन शर्मा

विद्युत् अनुमतिपत्र होल्ड र बिक्री गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ ; जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले विद्युत् अनुमतिपत्र होल्ड गर्ने, लाइसेन्स लिने र बिक्री वितरण गर्ने कार्य कानुनी रूपमा अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । मंगलाबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ताको तर्फबाट संशोधन प्रस्ताव पेस गर्दै सांसद शर्माले यस्तो बताएका हुन् । जलविद्युत् क्षेत्रमा विद्युत् अनुमतिपत्र होल्ड गर्ने, लाइसेन्स लिने र बिक्री वितरण गर्ने कार्य एउटा विकृतिको रूपमा रहेको भन्दै उनले यस्तो कार्य रोक्ने गरी कानुनमै व्यवस्था गर्नुपर्नेमा जोड दिए । जलविद्युत् उत्पादन अनुमतिको व्यवस्थालाई रोक्न सैद्धान्तिक रूपमा व्यवस्था गर्नुपर्ने भन्दै उनले पहिला पूर्वका खोलानदीमा लाइसेन्स दिने व्यवस्था रहेको र अहिले पश्चिमतिरका नदीखोलाहरूमा दिन थालिएको बताए ।

‘जलविद्युतमा एउटा विकृति छ । विद्युत् अनुमतिपत्र होल्ड गर्ने, लाइसेन्स लिने र बिक्री वितरण गर्ने कार्य चलिरहेको छ । यसलाई रोक्ने गरी कानुनमा व्यवस्था गर्नुपर्छ । एक जना व्यक्तिको आर्थिक क्षमता अनुसार कति काम गर्नसक्छ । त्योअनुसार लाइसेन्स दिने व्यवस्था हुनुपर्छ । त्यस्तो भएमा एक व्यक्तिले लाइसेन्स बिक्री गर्ने कार्यको अन्त्य हुन सक्छ,’ उनले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका