जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • जनमत पार्टीले माइतीघरमा धोती दिवस मनायो

जनमत पार्टीले माइतीघरमा धोती दिवस मनायो

काठमाडौं। जनमत पार्टीले काठमाण्डौको माइतीघरमा धोती दिवस मनाएको छ । दिवसको सन्दर्भमा विद्यार्थी जनमत सङ्घ र युवा जनमत सङ्घले संयुक्त रूपमा र्‍याली र कोणसभा गरेका हुन् ।

धोती आफूहरूको पहिचान भएको भन्दै उनीहरूले धोती लगाएकै आधारमा कसैले पनि कसैमाथि भेदभाव गर्न नमिल्ने बताएका छन् । उनीहरूले अन्तर्राष्ट्रिय पोशाक दिवसलाई नेपालमा धोती दिवसका रूपमा मनाउनुपर्ने भन्दै धोती संस्कृतिको संरक्षणका लागि समेत आह्वान गरेका छन् ।

माइतीघरमा भएको प्रदर्शन र कोणसभामा जनमतका अध्यक्ष सीके राउतसहित पार्टीका शीर्ष नेताहरू सहभागी थिए । कार्यक्रममा बोल्दै अध्यक्ष राउतले धेरै भेषभुषा, भाषाभाषी, जातजाति हुनु नेपालको सम्पत्ति भएको उल्लेख गरे। उनले सबैले सबैको अपनत्व स्वीकार गरेर आ–आफ्नो पोशाक लगाई पोशाक दिवस मनाउनुपर्ने बताए ।

धेरै टिप्पणी गरिएका