जोडिनुहोस
  • होमपेज
  • आजदेखि भूतप उल्का वर्षा, नांगै आँखाले यसरी हेर्न सकिन्छ

आजदेखि भूतप उल्का वर्षा, नांगै आँखाले यसरी हेर्न सकिन्छ

पुस १३ देखि सक्रिय रहेको भूतप उल्का वर्षा २८ गतेसम्म रहने छ । तर आजराति अत्यधिक मात्रामा यो उल्का वर्षा हुने बताइएको छ । आज रातिको उल्का वर्षा प्रकाश प्रदूषण कम भएको र खुला आकाश भएको स्थानबाट हेर्न सकिने नासोले जनाएको छ ।

यो उल्का वर्षा हेर्न कुनै उपकरण वा टेलिस्कोप नचाहिने हुँदा नांगो आँखाले देख्न सकिनेछ । प्रति घण्टा ५० देखि १२० वटा सम्म उल्का वर्षा हुने अनुमान गरिएको छ ।

आगोका झिल्काजस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिने बताइएको छ । अत्यधिक उल्का वर्षा हुने समयमा नांगो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरूले मनोरञ्जन लिन सक्ने नासोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहररू र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई नै उल्का वर्षा एवं चलनचल्तीको भाषाअनुसार ‘तारा खसेको’ भन्ने गरिन्छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका