जोडिनुहोस
  • होमपेज
  • रात्रिकालीन उडान हुने विमानस्थल संख्या १० पुग्यो, कुन–कुन हुन् ?

रात्रिकालीन उडान हुने विमानस्थल संख्या १० पुग्यो, कुन–कुन हुन् ?

काठमाडौं। नेपालमा रात्रिकालीन उडान हुने विमानस्थल संख्या १० पुगेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पछिल्लो समय राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको छ । योसँगै अब तीन अन्तर्राष्ट्रिय विमानस्थल र ७ आन्तरिक विमानस्थलमा रात्रिकालीन उडान सम्भव भएको हो ।

प्राधिकरणका अनुसार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान हुने गरेको छ।

यसैगरी मोरङ विराटनगर, झापा चन्द्रगढी, धनुषा जनकपुर, बाँके नेपालगञ्ज, बारा सिमरा र सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान हुन्छ ।

अहिले नेपालमा तीन अन्तर्राष्ट्रिय, तीन हबसहित ३५ विमानस्थलमा उडान भइरहेको छ । देशभरिका २० विमानस्थल भने बन्द अवस्थामा छन् । नेपालमा एक हेलिपोर्ट ९नलिनचोक० छ । एक अन्तर्राष्ट्रिय विमानस्थल ९निजगढ० निर्माण ९प्रस्तावित० छ ।
४२ विमानस्थल धावनमार्ग कालोपत्र

देशभरि तीन अन्तर्राष्ट्रिय र ५२ आन्तरिक विमानस्थल छन् । त्यसमध्ये ४२ विमानस्थल धावनमार्ग कालोपत्र भइसकेको प्राधिकरणले जनाएको छ । ५२ आन्तरिक विमानस्थलमध्ये ४१ साना हुन् ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका