जोडिनुहोस
  • होमपेज
  • सूर्यदर्शन सहकारी प्रकरणः प्रतिवादीका तर्फबाट कानुन व्यवसायीहरुको बहस सकियो

सूर्यदर्शन सहकारी प्रकरणः प्रतिवादीका तर्फबाट कानुन व्यवसायीहरुको बहस सकियो

पोखरा। पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछाने जोडिएको पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दाका प्रतिवादीका तर्फबाट कानुन व्यवसायीहरूको थुनछेक बहस सकिएको छ ।

अहिले जाहरेवालाका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरिरहेका छन् । अब सरकारी वकिलका तर्फबाट जवाफी बहस बाँकी छ ।

प्रतिवादीहरूको बयान सकिएलगत्तै पुस १६ देखि थुनछेक बहस सुरु भएको हो । थुनछेक बहसपछि प्रतिवादीहरुलाई थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ। रवि लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर गरिएको छ ।

धेरै टिप्पणी गरिएका