जोडिनुहोस
  • होमपेज
  • माघ महिनाभित्र घरायसी प्रयोजनमा खपत हुने ग्यासमा अनुदान दिन्छौँ : मन्त्री भण्डारी

माघ महिनाभित्र घरायसी प्रयोजनमा खपत हुने ग्यासमा अनुदान दिन्छौँ : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले निगमले डिजेल, पेट्रोल र ग्यास बाहेक समय सान्दर्भिक व्यापार सुरु गर्नुपर्ने बताएका छन् ।

नेपाल आयल निगमको ५५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले तेलमात्र बेचेर नाफा कमाउन सकिन्छ भन्ने बुझाइ परिवर्तन गर्न आवश्यक रहेको बताए ।

‘तेलमात्रै बेचेर मुनाफा लिने क्रम धेरै दिन छैन । संस्थाको कार्य क्षेत्र अरू पनि छ भन्ने बुझ्नु पर्छ ,’उनले भने,’ ‘पछिल्लो समय निगमको व्यापार घट्दो रूपमा छ । नयाँ प्रविधिजन्य व्यवसाय नगरे यति मुनाफा कमायौँ । यति बोनस पायौँ भन्नुभन्दा पनि अब के नयाँ व्यापार गर्न सकिन्छ खोजी गर्नुपर्छ ।’

यसैगरी घरायसी प्रयोजनमा खपत हुने ग्यासमा अनुदान दिने माघ महिनाभित्र अभ्यासमा लग्ने मन्त्रालयको तयारी भएको बताए । ‘यसअघि व्यावसायिक रूपमा खपत हुने ग्यासमा अनुदान दिँदै आएको थियो,’मन्त्री भण्डारीले भने, ‘यसमा निगमले ११ अर्ब रकम अनुदान दिनुपर्ने थियो । अब घरायसी प्रयोजनमा अनुदान दिँदा ९ अर्ब रकम निगमको खर्च हुने छ ।’

साथै पेट्रोलमा इथानोल मिसाउने मापदण्ड तयार भइरहेको र माघ महिनाभित्र कार्यान्वयन गरिने उनको भनाइ छ ।

धेरै टिप्पणी गरिएका