काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलि राष्ट्रपति रामचन्द्र पौडलसँग संवादका लागि शीतल निवास पुगेका छन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया र मुख्यसचिव एकनारायण अर्याल र कानुन सचिव कानुन सचिव उदयराज सापकोटालाई समेत साथमा लिएर प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग संवाद गरेका हुन् ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटमा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
पछिल्लो समय सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको चर्चा छ । अर्कातिर नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनबारे पनि मतभिन्नता देखिइरहेको छ ।
दल विभाजनबारेको अध्यादेश आउने चर्चाबीच शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा विपक्षी तीन दलका नेतासँग लामो संवाद गरेका छन् ।