जोडिनुहोस
  • होमपेज
  • राहदानी सूचकांकमा सिंगापुर विश्वको सबैभन्दा शीर्ष स्थानमा

राहदानी सूचकांकमा सिंगापुर विश्वको सबैभन्दा शीर्ष स्थानमा

काठमाडौं । राहदानी सूचकांकमा सिंगापुर विश्वको सबैभन्दा शीर्ष स्थानमा छ । द न्युज इन्टरनेसनलका अनुसार जसको राहदानीले १९५ देशमा भिसामुक्त पहुँच प्रदान गर्दछ ।

सिंगापुरपछि जापान, फ्रान्स, जर्मनी, इटाली र स्पेनलगायत धेरै युरोपेली देश छन्, जुन अहिले १९२ गन्तव्यमा पहुँचको साथ तेस्रो स्थानमा छन् ।

फिनल्याण्ड र दक्षिण कोरियाजस्ता देश पनि गत वर्षभन्दा एक स्थान तल झरेका छन् । कुनै समय यी देश पासपोर्ट र्‍यांकिङमा शीर्ष स्थानमा थिए ।

पाकिस्तानको राहदानी विश्वको सबैभन्दा कमजोरमध्येमा परेको छ । नेपाल, प्यालेस्टाइन, बंगलादेश, सोमालियाजस्ता राष्ट्र पाकिस्तानभन्दा माथि छन् । सोमालिया १०२औँ स्थानमा छ, जुन पाकिस्तानभन्दा एक स्थान मात्र अगाडि छ ।

इराक (१०४औँ), सिरिया (१०५औँ) र अफगानिस्तान (१०६औँ) पाकिस्तानभन्दा कमजोर पासपोर्ट भएका देशहरू छन् ।

द न्युज इन्टरनेसनलले पाकिस्तानी राहदानी पहिले नै विश्वव्यापी रूपमा सबैभन्दा खराब मध्ये एक रहेको रिपोर्ट गरेको छ ।

यद्यपि, सन् २०२५ श्रेणीमा केही सुधार भएको छ । यसले अझै पनि पाकिस्तानी नागरिकहरूको लागि सीमित यात्रा स्वतन्त्रतालाई प्रतिविम्बित गर्दछ ।

धेरै टिप्पणी गरिएका