बर्दिया । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सिचाई मन्त्रि संजय कुमार गौतमले पृथ्वी जयन्तीका दिन सरकारले सार्वजनिक विदा दिनु पर्ने बताए । राष्ट्र निर्माता तथा बडा महाराजधिराज पृथ्वी नारायण शाहको ३०३ औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसरमा अयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन ।
गुलरिया नगरपालिका वडा नम्बर ८ मा अवस्थित पृथ्वीपार्कमा रहेको शालिकमा मल्यर्यपण पश्चात भएको शुमकामना मन्तब्यमा गौतमले आजको दिनलाई उत्सवको रुपमा मनाउनु पर्ने उल्लेख गर्दै सरकारले आजको दिन सार्वजनिक विदा समेत दिनु पर्ने सरकारलाई आग्रह गर्नू भएको हो ।
युग अनुसार इतिहासहरु परिवर्तन हुँदै जाने भएको हुँदा समृद्ध मुलुक निर्माणका लागी सवै पार्टीहरु एक हुन आवश्यक रहेको प्रष्ट पारे । नेपाल सरकारले बजेट विनियोजन गरि पृथ्वी जयन्तीको दिनलाई हर्षउल्लासको रुपमा मनाउनु पनेमा समेत जोड दिए । एक अर्कालाई होच्याउने, खुइलाउने कार्य गरेर देश निर्माण हुन नसक्ने उनको तर्क थियो । शुभकामना मन्तब्य दिंदै नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष तथा युवा नेतागेहेन्द्र ढकालले पृथ्वी नारायण शाहले गरेको भौगोलिक एकिकरणका लागी सवै नेपालीले सम्मान व्यक्त गर्नुपर्ने बताए ।
इतिहासलाई सवैले सम्मान गर्नुपर्ने भन्दै पृथ्वी नारायण शाहले एकिकरण पश्चातको विचारले देशलाई एकढिक्का बनाउन आजको आवश्यकता रहेको बताए । ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितीको अध्यक्ष हेमन्त प्रकाश गीरीको अध्यक्षतामा कार्यक्रम भएको छ ।