काठमाडौं। गायिका मेलिना राई वैवाहिक बन्धनमा बाँधिन लागेकी छन् । उनले लमजुङका डा ध्रुव गुरुङसँग विवाह गर्न लागेकी हुन् ।
हालै उनीहरूको इन्गेजमेन्ट भएको छ । उनीहरूले राई जाती पहिरनमा इन्गेजमेन्ट गरेको तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन् ।
शुक्रबार पारिवारिक जमघटका बीच विवाह हुने भएको छ । वैवाहिक कार्यक्रम गोकर्णेश्वरस्थित हिमाली घर रिसोर्टमा हुने भएको छ ।