जोडिनुहोस
  • होमपेज
  • कांग्रेस–एमालेको गठबन्धनले सरकार चलाउने नैतिक आधार गुमाइसकेको ६ विपक्षी दलहरूको निष्कर्ष

कांग्रेस–एमालेको गठबन्धनले सरकार चलाउने नैतिक आधार गुमाइसकेको ६ विपक्षी दलहरूको निष्कर्ष

काठमाडौं। विपक्षी दलहरूले कांग्रेस–एमालेको गठबन्धनले सरकार संचालनको नैतिक आधार गुमाइसकेको निष्कर्ष निकालेको छ ।

नयाँ बानेश्वर स्थित संघीय संसद् भवनमा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको कार्यकक्षमा बसेको ६ विपक्षी दलको बैठकले सरकरले विभिन्न बहानामा तानाशाह लाद्ने प्रयास गरेको भन्दै विरोध जनाएको छ ।

साथै आजको बैठकले सरकारले दल फुटाउने अध्यादेश ल्याउने पटकपटक प्रयास गरेको आरोप लगाएको छ । ६ दलले जारी गरेको वक्तव्यमा सरकार टिकाउन राज्यका निकाय आफू अनुकुल चलाउने र संसद छल्ने प्रयास गरेको भन्दै तत्काल संसद आह्वान गर्न माग गरिएको छ ।

‘शान्ति प्रक्रियाका बाँकी कामसँग सम्बन्धित बेपत्ता नागरिकको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग गठनको प्रक्रिया अवरुद्ध पारिएको छ । उक्त प्रक्रियालाई अबिलम्व अघि बढाई पीडितहरूलाई न्याय दिन सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं । यसका साथै, हामी सरकारलाई खराब नजीर बस्ने गरी बिना आधार संवैधानिक परिषदमा शक्ति सन्तुलन खल्बल्याउने दुष्प्रयास नगर्न समेत चेतावनी दिन चाहन्छौं,’ जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

बैठकमा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीका शीर्ष नेताहरूको सहमागिता रहेको थियो ।

यस्तो छ विपक्षी दलहरूको बैठकबाट निक्लिएको साझा धारणाः

प्रचलन खबर

धेरै टिप्पणी गरिएका