जोडिनुहोस
  • होमपेज
  • टर्कीको एक रिसोर्ट आगलागी हुँदा ७६ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

टर्कीको एक रिसोर्ट आगलागी हुँदा ७६ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

काठमाडौं। टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ । आगलागीमा ५० बढी घाइते भएका छन् । टर्कीको उत्तरपश्चिममा अवस्थित एक स्की रिसोर्ट होटलमा मंगलबार भएको आगलागीमा परी कम्तीमा ७६ जनाको मृत्यु भएको र ५१ जना घाइते भएको आन्तरिक मन्त्रालयले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ३ः२७ बजे बोलु प्रान्तको कार्तलकाया रिसोर्टमा रहेको एउटा होटलमा आगलागी भएको थियो । केही भिडियो फुटेजमा जलेको भवनको वरिपरि खैरो धुवाँको मुस्लो देखिएको छ । रिसोर्ट जाडोमा छुट्टी मनाउनेहरूका लागि लोकप्रिय गन्तव्य हो ।

विशेषगरी स्कुल बिदामा यहाँ परिवारसहित धेरै पटक आउजाउँ गर्ने गर्छन् । जुन जनवरीदेखि फेब्रुअरीको पहिलो हप्तासम्म धेरै नै चल्छ ।

होटलमा करिब २३४ जना पाहुना बसेको थिए । टर्कीका कानुनमन्त्रीले यस घटनामा ९ जनालाई पक्राउ गरिएको बताएका छन् । पक्राउ पर्नेहरूमा रिसोर्टका मालिक पनि छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका