काठमाडौं। आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले १ सय ४० रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रन जोड्यो । अस्ट्रेलियाका लागि कोइम्हे ब्रेले सर्वाधिक ४५ रन बनाइन् ।
एलेनोर लारोसाले ३१ रन बनाइन् भने हसरत गिलले ३० रनको योगदान दिइन् । क्लो आइन्सवर्थले १६ रन बनाइन् ।
नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३ विकेट लिइन् । सिमाना केसीले २ विकेट लिइन् भने रिया शर्माले १ विकेट हात पारिन् ।
अष्ट्रेलियाविरुद्धको खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ । नेपालले यसअघि खेलको दुई खेलमा दुवैमा पराजित भएको छ ।
नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्यान्डसँग एक विकेटले पराजित भएको थियो । आज अस्ट्रेलियासँग पनि पराजित भएमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।