जोडिनुहोस
  • होमपेज
  • दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख घिमिरे

दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख घिमिरे

काठमाडौं। सङ्घीय संसदको हिउँदै अधिवेशन नजिकिँदै गर्दा सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन् । हिजो सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका सभामुखले आज संयुक्त छलफल गर्न लागेका हुन् ।

सभामुख घिमिरेले आज बिहान ११ बजे पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरवारमा छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेको सचिवालयका अनुसार भोलि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा तय गरिएको छ।

यस्तै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । संसदको हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि सुरु हुँदैछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका