राजनीति
अभियोजन पुष्टि नहुँदै नागरिकलाई थुन्नु उसको मानव अधिकार र स्वतन्त्रता हनन गर्नु होः सोविता गौतम
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सरकारले कानूनको दुरुपयोग गरेर मानव अधिकार उल्लङ्घन गरिरहेको आरोप लगाएकी छन् ।
मंगलवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै सांसद गौतमले सरकारले थुनेर मात्र अभियोजन लगाउँदै मानव अधिकारको गम्भिर उल्लङ्घन गरिरहेको आरोप लगाइन् ।
अभियोन लगाउनुपर्ने कारण भए नथुनिकन पनि राज्यले अभियोजन लगाउन सक्ने कानूनी व्यवस्था भएपनि लामो समयसम्म थुनेर मात्र अभियोजन लगाउने प्रवृत्तिको विकास भएको बताइन् ।
उनले सरकारले कसैले सार्वजनिक रुपमा प्रश्न उठाउने बित्तिकै पक्राउ गरिहाल्ने काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले न्यायिक निरुपण गर्ने संस्थाले अपराधी करार गरे जसरि नागरिकलाई थुन्नु उसको मानव अधिकार र स्वतन्त्रता हनन हुने जिकिर गरिन् ।
सरकारले जनताको माग समस्या गर्न नसक्दा जनताले आक्रोशित रुपमा प्रश्न गर्ने गरेको र सरकारले अभद्र व्यवहारमा मुद्दा चलाउने गरेको भन्दै विरोध जनाइन् ।
‘आज नै कसुरदार हो भने जसरि थुनेर भोलि उसले गल्ति गरेको रहेनछ भनेदेखि त उसको मानव अधिकार र स्वतन्त्रता हनन् भयो नि । सरकारले नागरिकले उठाएका प्रश्नको समाधान आफूले गर्न सकेको छैन,’उनले भनिन्,‘अनि नागरिक आक्रोशित शैलीमा प्रश्तुत भएको हुनसक्छ त्यस्ता कुरामा समातेर अभद्र व्यवहारमा मुद्दा चलाउने भनेको चाहीँ मानव अधिकारको उल्लङ्घन हो ।’
गम्भिर मुद्दाका कसुरदारबाहेकलाई थुनामा नराखि अभियोजन चलाउनुपर्नेमा उनको जोड छ ।