काठमाडौं। ताप्लेजुङको पाथीभरा–मुक्कुम्लुङमा केबलकार जडान प्रकरणमा भएको दमनबारे संसद् बैठकमा सवाल उठेको छ ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले केबलकार निर्माण विरोधमा प्रदर्शन गरेका स्थानीयबासीमाथि माघ १२ गते भएको प्रहरी कारबाहीप्रति आपत्ति जनाएका हुन् ।
’हालै पाथीभरा केबलकारको विषयवस्तु् आएको छ, त्यहाँ सरकारले दमन गरेको छ’, पाण्डेले भने, यस्ता समस्या आउँदा बसेर छलफल गरेर समस्याको समाधान गर्ने र सबैलाई लिएर सबैलाई लिएर संस्कृति, हाम्रा परम्परा यी जम्मै कुराको संरक्षण गरेर अघि बढ्नुपर्ने ठाउँमा सरकार त प्रहरी प्रशासनको प्रयोग गरिरहेको छ ।’
सरकारको कदम बेठिक भएको बताउँदै पाण्डेले छलफल गरेर समस्या समाधान गर्नेगरी हल निकाल्न सरकारलाई सुझाए ।
‘नो केबलकार समूह’ र प्रहरीबीच यही माघ १२ गते भएको झडपका २४ जनाभन्दा बढी घाइते भएका थिए ।