जोडिनुहोस
  • होमपेज
  • अंश हकदाबी छाडेर एलिनाले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

अंश हकदाबी छाडेर एलिनाले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

काठमाडौं। गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन् ।

शुक्रबार काठमाडौं जिल्ला अदालतमा गायिका चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन्।

उनले माना चामल र अंश हक दाबी छोडेर सम्बन्धविच्छेद मात्रै गरी पाउ भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन्। पतिले अनेक शंका–उपशंका गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ ।

उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई यही २०८१ वैशाख ५ गते विवाहमा परिणत गरेका थिए । ​एलिनाका पति अस्ट्रेलियामा बस्छन् ।

केही समयअघिदेखि यी दुईबीच सम्बन्ध सुमधुर नरहेको चर्चा चलिरहेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका