जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानमा भएको आक्रमणमा १८ सैनिकको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा १८ सैनिकको मृत्यु

एजेन्सी – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको आक्रमणमा १८ जना अर्धसैनिकको मृत्यु हुनुका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

मङ्गोचर सहर नजिकै अर्धसैनिक बोकेको एउटा गाडीमा सशस्त्र आक्रमणकारीहरूले गोली चलाएको एक प्रहरी अधिकारीले एएफपीलाई बताए । आक्रमणको हालसम्म कसैले जिम्मेवारी लिएको छैन ।अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तानमा सुरक्षा बलहरूले दशकौँदेखि साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसासँग लडिरहेका छन् ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका