जोडिनुहोस
  • होमपेज
  • नेदरल्यान्ड्सलाई नेपालले दियो १४६ रनको लक्ष्य, पूजाको शानदार अर्ध शतक

नेदरल्यान्ड्सलाई नेपालले दियो १४६ रनको लक्ष्य, पूजाको शानदार अर्ध शतक

काठमाडौं। त्रिकोणात्मक टि–२० सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य दिएको छ ।

त्रिकोणात्मक शृङ्खलाको आफ्नो पाँचौँ खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १ सय ४५ रन जोड्यो ।

नेपालका लागि पूजा महतोले अर्ध शतक प्रहार गरिन् । उनले सर्वाधिक ६२ रन जोडिन् । कप्तान इन्दु बर्माले ३९ रन बनाइन् ।

रुविना क्षेत्रीले २० रनको योगदान दिइन् । कविता जोशीले ७ रन बनाइन् । ओपनर सम्झना खड्काले ६ र ममता चौधरीले १ रन मात्रै बनाउन सकिन् ।

नेदरल्यान्ड्सका लागि आइरिसले सर्वाधिक २ विकेट लिइन् । क्यारोलिन डे लैङ्ग र हेदर सिजर्सले समान १–१ विकेट लिइन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका