![महाकुम्भ मेलामा हाल सम्म ४२ करोड तीर्थयात्री सहभागी](https://sagarmatha.tv/wp-content/uploads/2025/02/k-1024x682.jpeg)
गंगा, यमुना र सरस्वती नदीको संगममस्थल प्रयागराजमा जारी महाकुम्भ मेलामा ४२ करोड भन्दा बढी तीर्थयात्री सहभागी भएका छन् ।
विश्वको सबै भन्दा ठूलो धार्मिक उत्सव प्रयोगराजमा ४२ करोड भन्दा बढी तीर्थयात्रीले धार्मिक स्नान गरेको सरकारी अधिकारीहरुले जानकारी गराएका हुन् ।
भारतीय सञ्चार माभ्यमका अनुसार आयोजक अधिकारीहरूले कृत्रिम बौद्धिकता (एआई) र निगरानी क्यामेरा प्रयोग गरेर सहभागीहरुको संख्या अनुमान गरेका हुन् । उत्तरी शहर प्रयागराजमा प्रत्येक १२ वर्षमा आयोजना हुने प्रार्थना र स्नानको छ हप्ता लामो हिन्दू उत्सव कुम्भ मेला अझै दुई हप्ता भन्दा बढी समय बाँकी छ ।
महाकुम्भ मेला २०२५ जनवरी १३ बाट शुरु भई आगामी फेब्रुअरी २६ मा सम्पन्न हुनेछ । अहिले सम्मको आँकडाले यस वर्षको कुम्भ मेलाले इतिहासमै सबै भन्दा ठूलो भीड आकर्षित गरेको देखाएको छ ।
प्रविधिको प्रभावकारी प्रयोग, धार्मिक र सांस्कृतिक गतिविधिहरूको सम्पन्नता, तथा सुरक्षात्मक व्यवस्थाहरूले यस पटकको महाकुम्भ मेलालाई व्यवस्थित बनाएको समाचारमा उल्लेख छ ।