जोडिनुहोस
  • होमपेज
  • सल्यान महोत्सवस्थलमा आगलागी, ८० स्टलका सम्पूर्ण सामान जले

सल्यान महोत्सवस्थलमा आगलागी, ८० स्टलका सम्पूर्ण सामान जले

काठमाडौं । सल्यानको शारदा नगरपालिका, श्रीनगर बजारमा जारी दोस्रो बृहत् सल्यान महोत्सवमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति करिब ११ बजेतिर महोत्सवस्थलमा आगलागी भएको हो ।

आगोले महोत्सवमा रहेका करिब ८० वटा स्टल पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीबाट लाखौंको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको आयोजनामा भइरहेको महोत्सवमा आगो लाग्दा व्यापारीहरू ठूलो नोक्सानीमा परेका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका