जोडिनुहोस
  • होमपेज
  • सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य छैनः सांसद श्रेष्ठ

सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य छैनः सांसद श्रेष्ठ

काठमाडौं। राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले सरकारले ल्याएको अध्यादेशको विषयमा सबैतिर चर्चा रहेको बताए ।

उनले संविधानको व्यवस्थालाई नजरअन्दाज गरेर अध्यादेश नल्याइएको बताए । उनले संविधानअन्तर्गत नै रहेर सरकारले ६ वटा अध्यादेश जारी गरेको र विरोध गर्नु प्रतिपक्षको स्वभाव भएको बताए । उनले सामाजिक सञ्जाल नियमन गर्न जरुरी रहेको बताए ।

उनले भने ‘अध्यादेशको विषयमा अहिले संसद बाहिर र र भित्र सबैतिर चर्चाको विषय छ । सदन चल्नुभन्दा केही अगाडि ६ वटा अध्यादेश सरकारले ल्याएको छ । यी ६ वटा अध्यादेशमा जुन ढंगबाट चर्चा, परिचर्चा भएको छ । यसलाई हेर्दा के अध्यादेश ल्याउनु ठुलै गल्ती हो । यसमा गर्ने ठाउँ छ की छैन । संविधानको व्यवस्थालाई नजरअन्दाज गरेर ल्याइएको हो ? यी सबै पक्षलाई विश्लेषण गरौँ । सबै सरकारले यस्ता अध्यादेश ल्याएका छन् । प्रजातान्त्रिक मुलुकको अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि अध्यादेश ल्याएका छन् । संविधानअन्तर्गत नै रहेर सरकारले ६ वटा अध्यादेश जारी गरेको छ । कुनैपनि अध्यादेश निर्विकल्प, सर्वसम्मत भएको कतै पनि पाएका छैनौँ ।’

उनले कुनैपनि अध्यादेश निर्विकल्प, सर्वसम्मत नभएको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका