![विपीन जोशी रिहाइका लागि भइरहेको प्रयासबारे सदनलाई जानकारी गराउन माग](https://sagarmatha.tv/wp-content/uploads/2024/06/chitrabahadur-kc_Sw36uR0wHu-400x250.jpg.webp)
काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हमासले कब्जामा लिएका कञ्चनपुरको महेन्द्रनगरका विद्यार्थी विपीन जोशीको रिहाइका लागि सरकारले गरिरहेको प्रयासबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा उनले इजरायलमा विद्रोही हमासले अपहरण गरेका विपीनको रिहाइका लागि सरकारले गरिरहेको प्रयासका बारेमा सदनलाई जानकारी गराउन माग गरेका हुन् ।
‘दुईथरीको बीचमा सम्झौता भयो । युद्ध विराम भयो । भएपछि हमासको गिरफतारिमा परेका धेरै देशका मान्छेहरू रिहाइ भए । तर, कञ्चनपुरका विपीन जोशीको अहिलेसम्म अत्तोपत्तो छैन । के हो, हाम्रो सकरारले त्यो मान्छेको कहाँ छ ?’ केसीले भने, ‘जिउँदो–मर्दो के छ ?यो संसदलाई जानकारी गराउन पर्दैन ? बाहिर–बाहिर कुरा सुनिन्छ, उहाँ जीवितै हुनुहुन्छ । हमासले नछोडेको मात्रै हो भनेर सरकारको जिम्मेवारी पूरा हुन्न । सरकारले के प्रयत्न गरेको छ रु कति कोसिस गरेको छ रु कहाँसम्म संघर्ष गरिराखेको छ ? रिहाइको लागि यो संसदलाई जानकारी होस् ।’