जोडिनुहोस
  • होमपेज
  • अमेरिकामा फेरी ठोक्किए दुई विमान

अन्तर्राष्ट्रिय

अमेरिकामा फेरी ठोक्किए दुई विमान

अमेरिकामा फेरी ठोक्किए दुई विमान

एजेनसी। संयुक्त राज्य अमेरिकाको एरिजोनाको स्कट्सडेल विमानस्थलमा सोमबार निजी जेट विमानहरू ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य घाइते भएका छन् ।

संघीय उड्डयन प्रशासनले एक निजी जेट रनवेबाट बाहिर निस्केको र अर्को जेटसँग ठोक्किएको बताएको छ। अहिले अमेरिकी प्रशासनले यस विषयमा अनुसन्धान सुरु गरेको छ । अमेरिकामा पछिल्लो १० दिनमा भएको यो चौथो विमान दुर्घटना हो ।

जानकारी अनुसार यो घटना सोमबार दिउँसो २ बजेर ४५ मिनेटमा भएको हो । लियरजेट ३५ ए विमान अवतरणपछि धावनमार्गबाट ​​बाहिरिएको थियो । यस पछि एउटा गल्फस्ट्रिम २०० ¥याम्पमा रहेको बिजनेस जेटसँग ठोक्कियो । विमानस्थलमा उडानहरू अस्थायी रूपमा रोकी राखिएको अवस्था थियो । विमानमा कति यात्रु सवार थिए भन्ने अझै खुल्न सकेको छैन ।

यसअघि अमेरिकाको अलास्काबाट नोम सहर जाँदै गरेको विमान अचानक बेपत्ता भएको थियो, त्यसपछि खोजी सुरु गरिएको थियो र अहिले उक्त विमानको भग्नावशेष समुन्द्रको हिउँमा फेला परेको छ । विमान समुद्री बरफमा दुर्घटनाग्रस्त भयो र जहाजमा सवार सबै १० जनाको मृत्यु भएको थियो ।

घटनाको जानकारी दिँदै अमेरिकी तटरक्षक गार्डका प्रवक्ता माइक सालेर्नोले उद्धार टोलीले हेलिकप्टरमार्फत हराइरहेको विमानको निरन्तर खोजी गरिरहेको जानकारी दिँदै खोज टोलीले विमानको भग्नावशेष समुद्री बरफमा फेला पारेको बताए । दुई पौडीबाजलाई तल झरेर अनुसन्धान गर्दा विमानमा सवार ९ जना यात्रुसहित पाइलटको मृत्यु भएको पाइएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका