जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • १ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • १ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • चितवन–२ मा कांग्रेसका श्रेष्ठलाई विजयी गराउन अपिल डा. विश्व पौडेल

चितवन–२ मा कांग्रेसका श्रेष्ठलाई विजयी गराउन अपिल डा. विश्व पौडेल

काठमाडौं : राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेलले नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठलाई विजयी गराउन अपिल गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत पौडेलले चितवन–२ मा यसपाली कांग्रेसका उम्मेदवार श्रेष्ठलाई विजयी गराउन अपिल गरेका हुन्।

उनले  जनताको समस्यालाई  ‘स्टन्ट’ को बिषय बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पराजित बनाउँदै श्रेष्ठलाई विजयी​ गराउन आग्रह गरेका छन्।

‘मेरा मित्र जीतनारायण श्रेष्ठजी सानै देखी चितवनमा बस्नुभयो, मर्दापर्दा सबैको साथी बन्नु भयो, स्थानीयको सुख दुःखमा साथ दिनुभयो। सबैलाई खुशी बनाउन खोज्नुभयो। गाउँमा हुर्केको साधारण मान्छेको छोरो सानैमा कांग्रेस जस्तो पार्टीको जिल्ला सभापति बन्नुभयो। भोलि चाहिंदा उहाँँ सजिलै उपलब्ध हुनुहुन्छ, गाली खान ताली खान सबैको लागि उहाँँ सजिलै उपलब्ध हुनुहुन्छ।  जित नारायण ‘स्टन्टवाज’ हैनन, यि अगाडि पछाडि क्यामेरा लगाएर ‘स्टन्ट’ गर्दैनन, अध्यारो कुनामा साइबर सेना राखेर आक्रमण गर्दैनन्। चितवनमा यसपाली जनताको समस्यालाई ‘स्टन्ट’ को विषय बनाउनेहरूलाई हराऔं र सबक सिकाऔं। रंगमा पोतिएका नीला स्याललाई बाघ मान्ने गल्ती अब नगरौं,’ उनले भनेका छन्।

पौडेलले मंसिर ४ गतेको निर्वाचनमा आफूहरूले हार्दा कस्ता ‘क्षमतावान’ले जिते, जग जाहेर रहेको उल्लेख गर्दै गोजीमा नागरिकता नहुनेले देश बनाउने गफमा जनता भुलेको टिप्पणी गरेका छन्।

‘जसको गोजीमा नागरिकता छैन, उनैको देश बनाउने गफमा हाम्रा जनता भुले।  सम्झनु हुन्छ, आफ्नो जनसम्पर्क अफिसमा सिइओ राख्ने नौटंकी? पानी ओसार्ने नौटंकी? कोही स्थानीयले सिइओको जागिर पाए? एयरपोर्ट गएर कसैलाई ल्याइयो?’ उनले प्रश्न गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्