जोडिनुहोस
  • होमपेज
  • पाथिभरा केबलकार विरुद्धको रिट सर्वोच्च अदालतद्वारा दर्ता गर्न अस्वीकार

पाथिभरा केबलकार विरुद्धको रिट सर्वोच्च अदालतद्वारा दर्ता गर्न अस्वीकार

काठमाडौं। सर्वोच्च अदालतले पाथिभरा केबलकार निर्माणविरुद्धको रिट दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको छ । उस्तै विषयसँग सम्बन्धित विवाद सोही अदालतमै विचाराधीन भएका कारण नयाँ रिट दरपिठ गरिएको अदालतले जनाएको छ ।

आदिवासी कानुन व्यवसायी संघका तर्फबाट लक्ष्मी तामाङले दर्ता गर्न खोजेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले दरपीठ हुने निर्णय गरेका हुन् ।

सर्वोच्च अदालत नियमावलीको नियम १८(२)मा ‘उही विषयमा कसैले अघि नै रिट निवेदन दायर गरी अदालतमा विचाराधीन रहेको विषयमा रिट निवेदन दायर गर्न ल्याएको रहेछ भने सम्बन्धित अधिकारीले आधार र कारण खुलाई त्यस्तो लिखत दरपीठ गर्न सक्ने’ व्यवस्था छ ।

यसअघि सर्वोच्चमै किराँत याक्थुङ चुम्लुङका तर्फबाट आईन्द्र कुमार लिम्बुले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतमा विचाराधीन भएको र त्यही विषयमा पुरक निवेदन समेत परेको सर्वोच्च अदालतले जनाएको छ । लिम्बूले रिट २०७७ फागुन ३ मा दर्ता गरेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?