![चर्च ब्वाइजलाई हराउँदै पुलिस ‘पोखरा गोल्डकप’को फाइनलमा](https://sagarmatha.tv/wp-content/uploads/2025/02/pics1_FuLR5uixBM.jpg)
काठमाडौं। चर्च ब्वाइज युनाइटेडलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।
पोखरा रङ्गशालामा आज भएको पहिलो सेमिफाइनलमा पुलिसले चर्च ब्वाइजलाई १–० गोलले हरायो । पुलिसका सञ्जीव लामाले गोल गरे । पोखरा गोल्डकपमा आजको खेल २५०औं हो । २०५८ सालमा क्याराभान गोल्डकपको नामबाट यो प्रतियोगिता शुरू भएको थियो ।
पोखरा गोल्डकपको दोस्रो सेमिफाइनलमा भोलि थ्री स्टार क्लब र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी खेल्दैछन् । फाइनल खेल फागुन ३ गते शनिवार हुनेछ । २४औं संस्करणको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।