जोडिनुहोस
  • होमपेज
  • ओलीको टिप्पणीः स्याल जम्मा भएर हात्तीको सिकार खेल्छु भन्दै कुदेका छन्

ओलीको टिप्पणीः स्याल जम्मा भएर हात्तीको सिकार खेल्छु भन्दै कुदेका छन्

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै अगतिला तत्त्वलाई बोकेर पार नलाग्ने बताएका छन् ।

बुधवार नेपाल निजामती कर्मचारी संगठनको १२ औ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले अहिले नेपाली काँग्रेस र नेकपा एमालेको सरकार रहेको र काँग्रेससँगको समझदारीमा एमालेले काम गरिरहेको बताए । उनले ‘अगतिला तत्त्व’लाई बोकेर पार लगाउन नसकिने निष्कर्षपछि नै अहिलेको सरकार निर्माण भएको बताए ।

उनले महादेवको उदाहरण दिँदै उहाँले महादेवले काँधमा बोकेर विश्व घुम्ता सतीदेवीलाई पार लगाउन नसेको भन्दै माओवादी न सतीदेवी न र सत्यदेवी भन्दै टिप्पणी गरे । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रत्यक्षबाट जितेको १८ सिटसहित ३२ सिट पाएको र त्यसलाई नै जादुई छडी सम्झिएको बताए ।

उनले धम्क्याएर ५ वर्ष नै प्रधानमन्त्री बन्ने भ्रम चिर्दा अहिले बेहाल भएको बताए । समाजवादी मोर्चाप्रति लक्षित गर्दै उहाँले हात्तीको सिकार गर्न १०÷१२ वटा स्याल जम्मा भएर वरपर कुदेको टिप्पणी गरे ।

‘जादुई नम्बर भनेको यसलाई धम्क्याउँछु खान्छु, भएन भने उसको काँधमा बुरुक्क उफ्रिएर चढ्छु, त्यो काँधमा चढेर उसलाई धम्क्याएर खान्छु । थाकेँ बोक्न गाह्रो भयो भन्यो भने त्यसो भए ल त ओल्ला घरमा आफू त सधैँ प्रधानमन्त्री । कस्तो मिठो सपना । गजबको मिठो सपना । त्यो सपना भङ्ग भएपछि अहिले त्यस्ता तत्त्वहरूको बेहाल भएको छ,’ उनले भने ‘अहिले एउटा मोर्चा की के बनाएका छन् नि । मोर्चा पनि अलिकति एमाले र काँग्रेस जस्तो गरिखाने खालको बनाउनु नि बनाएपछि । हात्तीको सिकार खेल्छु भनेर १०÷१२ वटा स्याल जम्मा भएर वरपर कुदेका छन् । मोर्चा भनेर ।’

प्रधानमन्त्री ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्ने सपना नदेख्न आग्रह गरे । उनले अध्यक्ष नेपालले प्रधानमन्त्री हुन्छु भनेर कसैको मन भतभती पोलेको छ भन्ने अभिव्यक्ति दिएको भन्दै यस्तो सपना हिँड्दै देखेको की बस्दै गर्दा देखेको भन्दै प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले भने ‘आशा पनि कस्तो हुँदो रहेछ । एक जना नेताले भनेका । म प्रधानमन्त्री हुन्छु भनेर कसै कसैको मन भतभती पोलेको छ । धिक्कार होस् तिनीहरूलाई । एक जनाले भाषण गरेका । ती प्रधानमन्त्री हुने सपना कहाँ देखे, कहिले देखे, कसरी देखे रु हिँड्दा हिँड्दै देखे कि, बसेका ठाउँमा देखे की सुतेको बेलामा देखे की ? यति ढुक्कले भने म प्रधानमन्त्री हुँदैछु भनेर कसैको मन भतभती पोलेको छ । त्यस्तो लाग्छ क्या कहिले कहिले मान्छेहरूमा ।’

उनले अहिले सरकारले कानुनी र संरचनागत रुपमा विकासका योजनाहरू अघि बढाइरहेको बताए । नेकपा एमाले घेराबन्दीमा रहेको भएपनि ढुक्क भएर जनताको काम गर्न आग्रह गरे ।

उनले २०८३ सालको असारमा आफूले राजीनामा गरेपछि नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए ।

प्रधानमन्त्री ओलीले कर्मचारीले जनताको काम गर्नुपर्ने भन्दै पार्टीको काम गर्न कार्यकर्ता रहेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका