जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • संसदमा विचाराधीन सबै विधेयक अघि बढाउन पहल गर्ने सत्तारुढ दलको निर्णय

संसदमा विचाराधीन सबै विधेयक अघि बढाउन पहल गर्ने सत्तारुढ दलको निर्णय

काठमाडौं– सत्तारुढ दलका प्रमुख सचेतकको बैठकले संसदमा विचाराधीन विधेयकहरूलाई दुवै सदनबाट अघि बढाउन पहल गर्ने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको सत्तापक्षका दलका प्रमुख सचेतकहरूको बैठकले संघीय निजामती विधेयक र शिक्षा विधेयक लगायतका संसदमा विचाराधीन सबै विधेयकहरूलाई अघि बढाउन पहल गर्ने निर्णय गरेको हो ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले चालु अधिवेशन विधेयक अधिवेशन रहेकाले बढी भन्दा बढी ऐन बनाउने विषयमा छलफल भएको बताए ।

उनले संघीय निजामती विधेयक, शिक्षा विधेयकजस्ता महत्त्वपूर्ण विधेयकलाई निष्कर्षमा पुर्‍याउन पहल गर्ने सहमति भएको धारणा राखे ।

त्यस्तै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेश पारित गर्ने कुरामा ढिलाइ भएको भन्दै केही विषयमा परिमार्जन गर्दे असहमतिका बुँदाहरूलाई प्रतिस्थापन विधेयकमार्फत सहमति गर्दै अघि बढ्न सकिने धारणा राखे ।

सरकारले ल्याएका अध्यादेशहरू तीन दिनपछि दुवै सदनको कार्यसूचीमा राख्ने र पारित गर्ने विषयमा छलफल भएको उनले बताए ।

धेरै टिप्पणी गरिएका