जोडिनुहोस
शुक्रबार, फाल्गुन ९, २०८१
शुक्रबार, फाल्गुन ९, २०८१
  • होमपेज
  • बलिदानले रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिनः प्रधानमन्त्री

बलिदानले रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिनः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बलिदानपूर्ण संघर्षले रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन भएको बताएका छन् । ७५ औं प्रजातन्त्र दिवसको अवसरमा बुधबार शुभकामना सन्देश दिँदै उनले आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन भएको बताएका छन् ।

‘फागुन ७ गते । आजको दिन-हामी नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन हो । गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरुमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना,’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

प्रधानमन्त्री ओलीले जहानियाँ शासनविरूद्ध जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ लगायत सहिदहरूको स्मरण पनि गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका