
ताप्लेजुङ- पाथीभरामा केबलकार निर्माणलाई लिएर ताप्लेजुङमा बिहीबार फेरि झडप भएको छ । आन्दोलित समूह र प्रहरबीच केबलकारको बेस स्टेशन निर्माणस्थल काफ्लेपाटीमा झडप भएको हो ।
‘नो केबलकार समूह’ र सुरक्षार्थ तैनाथ प्रहरीबीच झडप भएको हो । प्रदर्शनकारीले ढुंगामुढा हानेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सशस्त्र प्रहरीका ११ जना र प्रदर्शनकारीतर्फ एकजनासहित १२ जना घाइते भएका छन् ।