जोडिनुहोस
  • होमपेज
  • आनन्द र आयुशाको अभिनयमा ‘हे यौ दिल’ बोलको म्युजिक भिडियो सार्वजनिक

आनन्द र आयुशाको अभिनयमा ‘हे यौ दिल’ बोलको म्युजिक भिडियो सार्वजनिक

प्रजातन्त्र दिवसको अवसर पारेर मधेश प्रदेशका युवाहरु ‘हे यौ दिल’ बोलको मैथिली गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लेखक राज चौधरीको शब्द, राज चौधरी र आइडी चौधरीको संगित रहेको गितलाई मधेश क्षेत्रका चर्चित गायक सन्नु कुमारले आवाज भरेका छन् ।

म्युजिक भिडियोमा मोडल आनन्द ठाकुर र आयुशा विश्वकर्माको रोमान्ससहित प्रेम र विछोडको प्रसंग देख्न सकिन्छ । भिडियोमा बालकलाकार कृतिका यादव र राधिका यादवको समेत अभिनय रहेको छ । म्युजिक भिडियोलाई सञ्जय साहले निर्देशनका गरेका हुन् । गितको छायांकन छुनु शर्माले गरेका हुन् भने सम्पादन विकास धमलाले गरेका छन् । म्युजिक भिडियो मिथिला अन्दाजले निर्माण गरेको हो ।

पछिल्लो समयमा मैथीली गितमा देखिएका विसंगति चिर्दै राष्ट्रिय स्तरको भिडियो बनाउने कोशिस भएको मोडल आनन्द ठाकुरले बताएका छन् । भिडियोलाई सप्तरी जिल्लाको विभिन्न स्थानमा छायांकन गरिएको थियो । बुधबार साँझ ६ बजे सार्वजनिक भएको म्युजिक भिडियोले राम्रो प्रतिक्रियाहरु पाइरहेको छ ।

पछिल्लो समय मधेश प्रदेशमा बन्ने मैथिली भाषाका म्युजिक भिडियोमा विसंगतिहरु देखिने गरेकामा मिथिला अन्दाजले निर्माण गरेको गितले सुधारको प्रयाश गरेको ठाकरले बताएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका