जोडिनुहोस
  • होमपेज
  • तीन ठूला दलबीच स्ववियु निर्वाचन एक्ला-एक्लै लड्ने सहमति

तीन ठूला दलबीच स्ववियु निर्वाचन एक्ला-एक्लै लड्ने सहमति

आगामी चैतमा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि तीन विद्यार्थी संगठनका नेताहरूको बैठक बसेको छ ।आइतबार बालुबाटारमा बसेको बैठकमा सबै विद्यार्थी संगठन गठबन्धन नगर्ने (एक्ला-एक्लै) भिड्ने सहमति भएको नेपाल विद्यार्थी संगठनका अध्यक्ष दुजाङ शेर्पाले बताएका छन् । आइतबार बालुवाटारमा बसेको बैठकमा नेविसंघका तर्फबाट शेर्पा, पार्टीका तर्फबाट कांग्रेस सह-महामन्त्री किशोरसिंह राठौर, अनेरास्ववियु अध्यक्ष समिक बडाल, नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकाल तथा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीबाट अध्यक्ष विजयप्रकाश सापकोटा र पार्टी उपमहासचिव शक्ति बस्नेत उपस्थित थिए ।

यस्तै विद्यार्थी संगठनका इन्चार्जहरू पनि बैठमा उपस्थित थिए । यो बैठकमा जसपा, जसपा नेपाल र एकीकृत समाजवादीको विद्यार्थी संगठनलाई उपस्थित गराइएको छैन । बैठकमा निर्वाचन एक्ला(एक्लै लड्ने सहमति भएकोछ । आगामी चैत ५ गतेभित्रै सबै क्यापसको निर्वाचन समयमै गर्न विद्यार्थी संगठन तयार रहेको जानकारी त्रिभुवन विश्वविद्यालयलाई गराउने सहमति भएको छ ।

यता त्रिभुवन विश्वविद्यालय प्रशासनले पनि आगामी चैत ५ गतेभित्र स्ववियु निर्वाचन गर्ने तयारीमा जुटेको छ । निर्वाचन कार्यक्रम तालिका यसअघि नै सार्वजनिक भइसकेको छ । यसअघि फागुनमा हुने भनिएको निर्वाचन एक महिना पर सारिएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका