
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल
मेषः दिन राम्रो छ। योजना अनुसार गरेको काम दीर्घकालसम्म सफल बन्नेछ। व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको तर्क कार्यान्वयन हुनेछ।
वृषः बोलीको प्रभावले राम्रो काम बन्नेछ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। दिन छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। साथी सकारात्मक भएकाले सोचेका काम सहजै बन्नेछन्।
मिथुनः धेरै बोल्ने बानीले पछुतो हुनेछ। आक्रोशमा निर्णय नगर्नु उचित हुनेछ। धार्मिक व्यक्तिसँगको अन्तरक्रियाले मन हलुका हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
कर्कटः तपाईंका लागि समय खराब आएको छ। साथीसँग व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। राजनीतिक क्षेत्रमा गरेको तर्क असफल बनाउन साथी नै सक्रिय छन्। हरेक काममा बाधा भए पनि परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
सिंहः दिन मध्यम छ। एकल निर्णय नगर्नु उचित हुनेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कन्याः पढाइमा मन जानेछ। परीक्षाको नतिजाबाट मनमा हर्ष बढ्नेछ। विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन्। परिवारमा विवाद बढ्ने हुँदा व्यवहार गर्दा सचेत बन्नु उचित हुनेछ।
तुलाः दिन सामान्य छ। विरोधी सक्रिय भएकाले सचेत बन्नु उचित हुनेछ। शिक्षामा गरेको श्रमको फल प्राप्त हुनेछ। विपक्षी साथीले प्रशंसा गर्ने योग छ। परिवारसँगको सम्बन्ध यथावत रहनेछ।
वृश्चिकः बन्धुसँगको सहकार्यले फाइदा हुनेछ। साथीभाइसँग सल्लाह गरेर अगाडि बढ्नु उचित हुनेछ। साना कुरामा अल्झिएमा ठुलो अवसर गुमाउनुपर्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ।
धनुः धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। खराब साथीहरु सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।
मकरः दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। राज्यको कर्मचारी भए तपाईंको बढुवा हुनेछ। शिक्षामा गरेको प्रयासमा थप मिहिनेतको आवश्यकता देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर कामको सुरुवात गर्नुहोला।
कुम्भः मध्यसाढेसाती दशाको प्राभाव रहेकाले साना कुराले मनमा झन्झट बढ्नेछ। लगानी गरेको सम्पत्ति नउठ्ने जोखिम छ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्दा दिन सहजै बित्नेछ।
मीनः आज आम्दानी बढ्ने दिन छ। बोलीकै कारण विवाद बढ्ने सम्भावना छ। गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।